|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल शुरू हुदैछन्। 

सातौँ चरणको पहिलो दिन आज एक खेल मात्रै हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। आज लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ। शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्दैछ। लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेल खेल्दै १३ अंक जोडेको छ। उसले ४ जित र २ बराबरी खेलेको छ। मछिन्द्र र मनाङलेे खेल मैदानमै झगडा गरेपछि उनीहरुको एक–एक अंक अखिल नेपाल फुटबलसंघले घटाएको छ।

त्यस्तै शेर्पा ४ बराबरी र २ हारसहित ४ अंक जोडेर अंकतालिकाको अन्तिमबाट दोस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.