|

काठमाडौं : सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको राजीनामा स्वीकृत गरेको हो।

डा. चौधरीले गत १३ कात्तिकमा पदबाट राजीनामा दिएकी थिइन्। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्री अफिस भारतका लागि पी ५ लेभलमा जागिर सुनिश्चित भएपछि उनले राजीनामा दिएकी हुन्। तर सरकारले उनको राजीनामा स्वीकृत गरेको थिएन। १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले राजीनामा अस्विकृत गर्ने निर्णय गरेपछि डा चौधरीले पुन स्वीकृतका लागि अनुरोध गरेकी थिइन्।

त्यसो त डा. चौधरीले राजीनामा स्वीकृत नहुँदै ३ नोभेम्बरबाट डव्लुएचओमा हाजिर भइसकेकी थिइन्। तर यता राजीनामा स्वीकृत हुन ढिलाइ हुँदा तनावमा थिइन्।

मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजीनामा स्वीकृत भएको विषय जानकारी नै दिएनन्। तर, स्वास्थ्य मन्त्रालयमा भने राजीनामा स्वीकृत भएको जानकारी आइसकेको छ।

गत वर्ष सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि निर्णयविरुद्ध डा चौधरीले सर्वोच्चमा रिट हालेकी थिइन्। सर्वोच्चले उनको नाममा अन्तरिम आदेश दिएपछि उनी स्वास्थ्य मन्त्रालयमा फर्केकी थिइन्। त्यसयता उनलाई स्वास्थ्यमा रहेर काम गर्न गाह्रो भइरहेको थियो। डा. चौधरीको राजीनामा स्वीकृत भएसँगै अब स्वास्थ्य सचिवको कोटा रिक्त भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.