१३ वर्षकै उमेरमा एकै खेलमा गरे २३ गोल

|

रेक व्यक्तिको नामसँगै उनीहरुको कामले नयाँ उपनाम तय गर्छ। अझ खेल क्षेत्रमा नामभन्दा पनि उपनाम नै पहिचान बन्‍ने गरेको छ। सन् २००० को दशकमा विश्‍व फुटबलमा तहल्का मच्चाएको ‘रोनाल्डिन्हो’ वास्तविक नाम नभई उपनाम हो भन्दा आश्चर्य लाग्‍न सक्ला।

ब्राजिलियन फुटबलका स्टार रोनाल्डिन्होको वास्तविक नाम रोनाल्डो डी एसिस मोरेरा हो। तर नामभन्दा उपनाम ‘रोनाल्डिन्हो’ले उनी विश्‍वमाझ छाए। उमेर समूहको क्लब म्याचमा सबैभन्दा युवक र सानो खेलाडी भएकाले उनलाई ‘रोनाल्डिन्हो’ उपनाम दिइएको थियो। रोनाल्डिन्होले १३ वर्षको उमेरमा एक स्थानीय टिमविरुद्ध २३-० को जित हासिल गर्दा एक्लै २३ वटै गोल गरेर पहिलो पटक चर्चित भएका थिए। फुटबल मैदानमा उनी मुख्यतः अट्याकिङ मिडफिल्डमा खेल्थे। 

उनलाई पछिल्लो पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीका रूपमा फुटबल विज्ञहरूले व्याख्या गर्दै आएका छन्। ब्राजिलको सहर रियो ग्रान्ड डो सुलको सदरमुकाम पोर्टो एलेग्रेमा जोआओ डे एसिस र आमा डोना मिग्वेलिनाको कोखबाट ‘रोनाल्डिन्हाको जन्म भएको थियो।

उनले बार्सिलानासँगै युरोपेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन र एसी मिलानका लागि लामो समयसम्म फुटबल खेले। ‘रोनाल्डिन्हो’ रोनाल्डोको पोर्चुगेली भाषामा पर्यायवाची शब्द भएकाले ब्राजिलमा उनका समकक्षी खेलाडीले रोनाल्डोसँग अलग गर्न गाशो उपनाम जोडिदिएका थिए। तर युरोपमा रोनाल्डोले आफ्नो पहिचान पहिले नै आफ्नो नामले बनाए, जसले गर्दा रोनाल्डिन्होलाई गाशो उपनामको प्रयोग गर्नुपर्ने अवस्था रहेन।

उनलाई पछिल्लो पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीका रूपमा फुटबल विज्ञहरूले व्याख्या गर्दै आएका छन्। ब्राजिलको सहर रियो ग्रान्ड डो सुलको सदरमुकाम पोर्टो एलेग्रेमा जोआओ डे एसिस र आमा डोना मिग्वेलिनाको कोखबाट ‘रोनाल्डिन्हाको जन्म भएको थियो।

उनका बाबु जोआओ स्थानीय क्लब एसपोर्टे क्लुबे क्रुजेरियोको फुटबल खेलाडी थिए। तर रोनाल्डिन्होले लामो समयसम्म बुवाको साथ पाएनन्। उनी ८ वर्षको हुँदा नै हृदयघातको कारण घरको स्विमिङ पुलमा बुबाको निधन भएको थियो। दाजु रोवर्टो ब्राजिलिय क्लब ग्रेमिओमा अनुबन्धन भएकाले परिवार नै गुअरुजा सहरमा बसाइँ सरेको थियो। तर चोटका कारण रोबर्टोको करियर चाँडै सकियो। 

रोनाल्डिन्होको खेल जीवनको शुरुवात जर्मियोको युवा टिमबाट भएको थियो। जहाँ उनले जुनियर र सिनियर गरी करियरको १४ वर्ष बिताए। रोनाल्डिन्हो ब्राजिलका थोरै खेलाडीहरूमध्ये एक हुन्, जसले हरेक उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका छन्। उमेर समूहको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधिसँगै रोनाल्डिन्होका लागि यादगार बन्यो। घानालाई हराउँदै ब्राजिलले फिफा यु-१७ विश्व च्याम्पियनशिप उपाधि जित्दा समूह चरणमा अष्ट्रिया र सेमीफाइनलमा जर्मनीविरुद्ध गोल गर्दै ब्रोन्ज बल प्राप्त गरे।  

सन् १९९९ रोनाल्डिन्हो अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहे। दक्षिण अमेरिकी यु-२० च्याम्पियनिसपमा शीर्ष ४ मा रहँदै १९९९ को फिफा वर्ल्ड युथ च्याम्पियनशिपमा ब्राजिलले भाग लिँदा रोनाल्डिन्होको नाममा ३ गोल रह्यो। दुर्भाग्यवश ब्राजिल तेश्रो स्थानमा सीमित भयो।

२६ जुन १९९९ रोनाल्डिन्होले पहिलो पटक ब्राजिलको सिनियर टिमबाट मैदान उत्रिए। कोपा अमेरिका सुरु हुनुभन्दा तीनन दिन पहिले लात्भियाविरुद्धको खेलमा दुई गोल गर्दै सुखद सुरुवात गरेका थिए। एक वर्षको अवधिमा उनले कुल १३ खेलमा ब्राजिलका लागि सात गोल गरे।

२००२ को जापान–दक्षिण कोरिया विश्वकपमा उनको नाममा २ गोल रहयो। पीएसजी लगत्तै उनले स्पेनिस जाइन्ट बार्सिलोनामा ५ सिजन बिताउँदा क्लबका लागि २ संस्करणको ला-लिगा, २ संस्करणको स्पेनिस कप र १ संस्करणको युइएफए च्याम्पियनस लिग दिलाउन योगदान दिए।

कोपा अमेरिकाको उपाधि जितेको एक साता नबित्दै आयोजना भएको कन्फेडेरेसन कपमा कुल ६ गोल गर्दै गोल्डेन बुट मात्र होइन, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलसमेत प्राप्त गरेका थिए। जर्मियोबाट तीन वर्षे व्यावसायिक सिनियर करियरमा रोनाल्डिन्होले १४५ खेलमा ७२ गोल गरे। त्यसपछिको दुई वर्षे करियर उनले फ्रान्सको डिभिजन वान क्लब पेरिस सेन्ट जर्मेनमा बिताए। सन् २००१ मा, आर्सनलले रोनाल्डिन्होलाई अनुबन्धन गर्न रुचि देखाए पनि पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभव र गैरयुरोपियन संघको खेलाडी भएका कारण अनुबन्धन सफल हुन सकेन। 

पिएसजीमा रहँदा क्लबले युइएफए इन्टेरटोटो कपमा इटालियन क्लब ब्रेसिकालाई पछि पार्दै युइएफए कपमा छनोट भए पनि तेश्रो चरणभन्दा माथि पुग्न सकेन। पिएसजीमा कुल ७७ खेलमा २५ गोल र १८ एसिस्ट रोनाल्डिन्होको नाममा रह्यो। सन् २००२ को विश्वकप ब्राजिलले जित्दा रोनाल्डो, रिभाल्डो र रोवर्टो कार्लोससँगै उनी अल स्टार टिममासमेत परेका थिए।

२००२ को जापान–दक्षिण कोरिया विश्वकपमा उनको नाममा दूई गोल रह्यो। पिएसजीलगत्तै उनले स्पेनिस जाइन्ट बार्सिलोनामा पाँच सिजन बिताउँदा क्लबका लागि दुई संस्करणको ला-लिगा, दुई संस्करणको स्पेनिस कप र एक संस्करणको युइएफए च्याम्पियनस लिग दिलाउन योगदान दिए।

सन् २००३ मा पेरिस सेन्ट जर्मेनबाट बार्सिलोना आएका रोनाल्डिन्हो ‘हराएको खुसी फिर्ता गराउने व्यक्ति’ भनेर चिनिन्छन्। उनी आउनुअघि बार्सिलोनाले ला-लिगाको छैटौँ स्थानमा रहेर लिग टुंग्याएको थियो। उपाधि विजेता रियल म्याड्रिडभन्दा बार्सिलोना २२ अंकले पछि थियो। 

रोनाल्डिन्हो क्लब आएको छोटो समयमै घाइते भए त्यसपछि सन् २००३–०४ मा पनि बार्सिलोनाले राम्रो सुरुवात गर्न सकेन। सिजनको पहिलो चरणका खेल सकिँदा बार्सिलोना लिगको १२ औं स्थानमा थियो। तर बिस्तारै रोनाल्डिन्हो चम्किए। बार्सिलोनाले दोस्रो स्थानमा रहेर लिग टुङ्ग्याउँदा रोनाल्डिन्होले १५ गोल गरे।

कोपा अमेरिकाको उपाधि जितेको एक साता नबित्दै आयोजना भएको कन्फेडेरेसन कपमा कूल ६ गोल गर्दै गोल्डेन बुट मात्र होइन, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलसमेत प्राप्त गरेका थिए।

बार्सिलोनाले लिग जित्न नसके पनि रोनाल्डिन्हो फिफा वर्ष खेलाडीको अवार्डबाट पुरस्कृत भए। अर्को सिजन (२००४–०५) मा कथा फेरियो। बार्सिलोनाले सन् १९९९ पछि पहिलोपटक लिग जित्यो। त्यसक्रममा दुबै खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हरायो। रोनाल्डिन्हो दोस्रो पटक फिफा वर्ष खेलाडी चुनिए।

रोनाल्डिन्होले नै उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले अर्को वर्ष पनि उपाधि रक्षा गर्‍यो। युरोपको सबैभन्दा ठूलो क्लब फुटबल युइएफए च्याम्पियन्स लिगसमेत जित्यो। पाँच वर्षे बार्सिलोनाको करियरमा उनको नाममा २०७ खेलमा ९५ गोल र ८० असिस्ट रहेको छ।

सन् २००६ को विश्वकपअघि उनी लगातार दुई पटक फिफा वर्ष खेलाडी थिए। त्यसैले उनलाई ब्राजिल र दक्षिण अमेरिकाकै सबैभन्दा ठूला स्टार मानिएको थियो। जसले गर्दा लामो समय विश्व फुटबलमा तहल्का पिट्ने अनुमान थियो। फ्रान्ससँग पराजित भएपछि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो।

सन् २००६ को विश्वकपमा राम्रो खेल्न नसकेका रोनाल्डिन्होलाई बाहिरै राखेर प्रशिक्षक डुंगाले सन् २०१० को टोली बनाए। सन् २०१४ सम्म आइपुग्दा ब्राजिलमा धेरै युवा खेलाडीहरु जन्मिसकेका थिए। त्यसैले रोनाल्डिन्होले अवसर पाएनन्। ३ फेब्रुअरी २००८ मा रोनाल्डिन्होले ओसासुनाको विरुद्ध बार्सिलोनाका लागि आफ्नो करिअरको दुई सयौं लिग म्याच खेले।

बार्सिलोनापछि उनले इटालियन क्लब एसी मिलानमा ३ सिजन बिताउँदै २६ गोलका साथै २०१०-११ को सिरिएको उपाधि दिलाउन योगदान दिए। मिलानपछि उनको तीन वर्षे करियर ब्राजिलिय क्लब फ्लेमिङ्गो र एथ्लेटिको मिनेरियोमा बिताए। त्यसपछिको सिजन मेक्सिकन क्लब क्वेन्टारो र ब्राजिलियन क्लब फ्लुमेन्सिसमा बिताए।

अर्को सिजन (२००४–०५) मा कथा फेरियो। बार्सिलोनाले सन् १९९९ पछि पहिलोपटक लिग जित्यो। त्यसक्रममा दुबै खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हरायो। रोनाल्डिन्हो दोस्रो पटक फिफा वर्ष खेलाडी चुनिए।

विश्व फुटबलमा उनी आफनो ड्रिब्लिङ र फ्रिकिक कलाका कारण चर्चित छन्। सन २००२ को विश्वकपको क्वारटफाइनलमा उनले इङल्यान्ड विरुद्धको खेलको ५० औ मिनेटमा ३५ यार्ड परबाट हानेको फ्रिकिक गोल अझै पनि उत्कृष्ट गोलको सुचीमा छ। 

१७ वर्षे सिनियर करियरमा उनले क्लबका लागि कुल ७१९ खेलमा २८० गोल गरेका थिए। त्यसैगरी देशका लागि ९७ खेलमा ३३ गोल गरे। व्यक्तिगत उपाधि र सम्मानसमेत रोनाल्डिन्हो अब्बल रहे। करिअरको अवधिमा कुल ४८ भन्दा बढी व्यक्तिगत विधाका उपाधि र सम्मान आफ्नो पक्षमा पारे। जनवरी २००७ मा उनी स्पेनी नागरिक बने। ब्राजिलबाट बालोन डिओर जित्ने उनी तेश्रो खेलाडी हुन्। रोनाल्डो र रिभाल्डोपछि उनले सन २००५ मा बालोन डि ओ जितेका थिए। रोनाल्डिन्होपछि सन २००७ मा काकाले यो उपाधि जिते।

१३ वर्ष बित्यो कुनै पनि ब्राजिलियन खेलाडीले बालोन डी ओर नजितेको। रसिया विश्वकप अघि १६ जनवरी २०१८ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै रोनाल्डिन्होले फुटल अगाडी बढाएका छन्। उनी फिफा विश्व कप, यूईएफए च्याम्पियन्स लिग र बालोन डी ओर जित्ने केवल सात खेलाडी मध्ये एकको रूपमा सन्यास लिने खेलाडी बनेका छन्। (एजेन्सीको सहयोमा)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.