|

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले दुईवटा नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ।

बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार र नवलपरासीको बर्दघाट सुस्ता-पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो।

सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहरू सुरु गरेको बैंकले जनाएको छ।

ग्लोबल आइएमइ बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.