|

गोरखा : भीरबाट लडेर घाइते भएका गण्डकी गाउँपालिका-१ याङ्दीका एक युवकको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ।

बुधबार घैरुङमा आयोजित गोरु जुधाइ मेला हेरेर फर्केका २३ वर्षीय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार माघे संक्रान्तिको अवसरका घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा मौसम थापा बतासेनजिकै भीरबाट लडेका स्थानीय आशीष थापा मगरले जानकारी दिए। सामान्य चोटपटक लागेका उनलाई उपचारका लागि बिहीबार गोरखा अस्पतालमा ल्याइएको थियो।

उनको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.