|
फाइल तस्बिर

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले पहिलो हार ब्यहोरेको छ। जारी लिगमा पहिलो जित निकालेको हिमालयन शेर्पासँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पराजित भएसँगै शीर्ष स्थानको मछिन्द्र दोस्रो स्थानमा झरेको छ।

शुक्रबारबाट सुरु भएको लिगको सातौँ चरणको पहिलो खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित भएको हो। शेर्पासँगको हारले मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ।

लिगमा ६ खेलबाट समान १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ। खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १-० को अग्रता बनाएको थियो। त्यसपछि खेलको २०औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २–० को जित दिलाए।

मछिन्द्रलाई हराएको शेर्पाले लिगमा पहिलो जित निकालेको छ। जितसँगै ७ खेलमा ७ अंक जोडेको शेर्पा लिग तालिकाको १०औँ स्थानमा छ। वर्षाका कारण दशरथ रंगशालामा हुने खेल अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा सारिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.