|

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन्। भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजिनामाको घोषणा गरेका हुन्।

राष्ट्रपतिले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 'हाम्रो विवाद थियो। त्यसले थप बहस नहोस् भन्ने उद्देश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,' ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाएको बताएका छन्। 'त्यो अडियो सत्य होइन,' उनले भने। उनले सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हालेका थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.