|

बाग्लुङ : जैमिनी नगरपालिका–१ कुश्मीशेराका पूर्वशिक्षक नौ दिनदेखि सम्पर्कविहीन छन्। ८२ वर्षीय प्रधुम्न आचार्य गत पुस २४ गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

घरबाट पेन्सन बुझ्न सदरमुकाम बाग्लुङ बजार आएका आचार्य पेन्सन लिएकै दिनदेखि सम्पर्क बेपत्ता भएको परिवारले जनाएको छ। पेन्सन बुझेको दिन सदरमुकामकै रामरेखामा आफन्तकोमा बसेका आचार्य भोलिपल्ट बिहान बाग्लुङ–कुश्मा चल्ने बस चढेको आचार्यका कान्छा छोरा लक्ष्मण आचार्यले बताए। 

‘बाग्लुङबाट कुश्मा जाने चढेको देख्नेहरु छन्, त्यसपछि कहाँ पुग्नुभो थाहै भएन,’ लक्ष्मणले भने, ‘उहाँ यसअघि पुगेका सबै ठाउँहरुमा खोजी गरियो तर देख्ने कोही छैनन्।’ 

बाग्लुङमा रहँदा आफन्तसँग मुक्तिनाथ जाने कुरा गरेकाले त्यस क्षेत्रका आफन्तलाई सोधखोज गर्दा पनि फेला नपरेको लक्ष्मणले बताए। उनले भने, ‘प्रहरी, आफन्त, इष्टमित्र सबैतिर खबर भएको छ। अहिलेसम्म कसैलाई जानकारी छैन।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.