|

 काठमाडौं  : ०७६ सालको गोविन्द वियोगी पत्रकारिता पुरस्कार ‘नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई प्रदान गरिएको छ। सम्पादक समाज नेपालले वियोगीको १४ औँ स्मृति दिवसको अवसर पारेर शनिबार नुवाकोटको सुइरे चौरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २५ हजार राशिको पुरस्कार प्रदान गरेका हुन्।

 त्यस्तै, टेलिभिजन पत्रकारितामा विशेष योगदान पुर्‍याएबापत सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई १५ हजारसहित सम्मान गरिएको छ। यस्तै, सम्पादक समाज सम्मानबाट वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, वरिष्ठ पत्रकार माधवकुमार रिमाल र जयप्रसाद दाहाल (मरणोपरान्त) उनको धर्मपत्नी सावित्री दाहाललाई समेत सम्मानित गरिएको छ। कार्यक्रममा उनीहरूलाई फूलमाला, दोसल्ला र प्रमाणपत्र प्रदान गरियो।

 समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले स्व. गोविन्द वियोगीको १४ औं पुण्यतिथिका अवसरमा २०७६ साल माघ ४ गते शनिबारका दिन गोविन्द वियोगी मार्ग, सूर्यचौर, शिवपुरी गाउँपालिका—७ मा समाजले निर्माण गरिराखेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजना गरिने कार्यक्रममा पुरस्कार एवं सम्मान हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.