|

म्याग्दी : गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रमबाट प्राप्त हुने आम्दानीबाट बचत गरेको म्याग्दीको एक बाजा समूहले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग गरेको छ।

म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई १ लाख आर्थिक सहयोग गरेको हो।

शुक्रबार (हिजो) बेगबाट पोखरा नै गएर बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामी,थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्युरोडस्थित इस्माइल क्याफेमा महावीर पुनलाई भेटी सो रकम हस्तान्तरण गरेका हुन्।

सोही अवसरमा  रघुगंगा गाउँपालिका १ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगत रूपमा १० हजार प्रदान गरेका थिए।

नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र  एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नको लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिए। फगामीका अनुसार बाजा समूहले गाउँमा निर्माणाधीन महादेव माविको भवन निर्माणका लागि १ लाख हस्तान्तरण गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.