मनोरञ्जन

राजेशपायलले आस्थालाई भने : शाहरुखको कट्टु नै जाँचेका थिए, तिमी रुन्ची नबन

प्रहरी र आस्था दुवैलाई सुध्रिन सुझाव

माघ ४, २०७६

    काठमाडौं : चर्चित गायक राजेश पायल राईले गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच यही बुधबार त्रिभुवन विमानस्थलमा भएको विवादबारे मुख खोलेका छन्।

    झापाको भद्रपुर हुँदै दार्जिलिङ जान हिँडेकी आस्थालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान श्रेष्ठले चेकजाँचका क्रममा ज्याकेट फुकाल्न लगाएको कुरा सामाजिक सञ्जाल तातेपछि राजेशले पनि शनिबार मुख खोलेका हुन्। 

    प्रहरी जवानले आफूलाई दुर्व्यवहार गरेको जिकिरसहित आस्थाले बुधबारै फेसबुकमा लाइभ आएर सिंगो प्रहरी संगठनमाथि नै जथाभावी गाली गरेकी थिइन्। 

    प्रहरीका ठूला हाकिमले मात्रै आफूलाई सम्मान गरेको जिकिर गर्दै सानाले हेपेको गुनासो उनको थियो। आस्थाले प्रहरीका सिपाहीं र हवल्दारलाई डन्ठे र प्युसाको संज्ञा दिएपछि विवाद चर्किएको सन्दर्भमा राजेशले आस्थालाई सचेत गराएका हुन्। 

    राजेशपायलले सामाजिक सञ्जाल फेसबुकमार्फत आस्थालाई अब ठूली भइसकेकाले धेरै रुन्ची नबन्न सुझाव दिएका छन्।

    तल्लोतहको शब्दकोसमेत प्रयोग गरेर आस्थाले प्रहरी संगठनमाथि नै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि विवादमा तानिएका बेला राजेशपायलले संयम् बन्न भनेका हुन्। 

    प्रहरीले शुक्रवार विमानस्थलको सीसीटिभी फुटेज सार्वजनिक गरिदिएपछि गायिका राउत रुँदै फेसबुक लाइभमा आएकी थिइन्। उनले फेसबुक लाइभमार्फत माफी माग्दै आफूले मनमा कुरा लुकाउन नसकेको बताएकी थिइन्।

    राजेशपायलले बलिउड सुपरस्टार शाहरुख खानमाथि भएको सुरक्षा जाँचबारे पनि सम्झाएका छन्। 'एयपोर्टमा शाहरुख खानलाई त झन् कट्टुमै चेक गरिएको थियो, त्यो उसको अधिकार हो', उनले भनेका छन्, 'अब रह्यो पुलिसले कस्तो ब्यवहार गर्‍यो? चेकिङमा कफी, पानी लान पाइँदैन, अरु त अरु वालेट (मनी ब्याग) पनि पाइँदैन।'

    आस्थालाई राम्री गायिकाको संज्ञा दिँदै राजेशपायलले अझ एक रियालिटी शो को कोच भएको नभुल्न पनि उनले आग्रह गरेका छन्।

    'उनी बैनी हुन्, राम्री गायिका हुन्, अझ एक रियलिटी शो द भ्वाइसकी कोच पनि हुन्', उनले अगाडि भनेका छन्, 'आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ। माया लिनेले घृणा पनि सहनु सक्नुपर्छ। तब न हामी कलाकार, उसै त हामी नाथे कलकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइ सक्यौ।'

    राजेशपायलले आस्थासँगै प्रहरी पनि सुध्रिन जरुरी रहेको बताएका छन्। 'आस्था र एयरपोर्टमा खटिएका कर्मचारी दुवै सुध्रिन आवश्यक छ', अन्तिममा उनले भनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]