प्रतिनिधिसभाको बैठक पुनः स्थगित हुने संकेत

|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको सभामुख रिक्त छ। 

लामो समयदेखि नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ। पौष ४ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक तीनपटक स्थगित भइसकेको छ। 

अहिले पनि नेकपाले सभामुखको चयन गर्न नकसकेको कारणले प्रतिनिधिसभाको बैठक चौथोपटक स्थगित हुनसक्ने स्रोतको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा बाझिएको कारणले नेकपाले सभामुख चयन गर्ने सकेको छैन। सभामुख चयनको विषयमा बालुवाटारमा ओली र अध्यक्ष दाहालबीच पटकपटक वार्ता बसिसकेको छ। 

तर, दुवै नेताहरू आआफ्ना पक्षको अडान बलियो बनाएपछि सभामुख चयन गर्न सकेको छैन। सभामुखको चयन प्रक्रियाको विषयलाई लिएर ओली र दाहालबीचको सम्बन्ध चिसिएको हल्ला बाहिर आइरहेकै बेलामा बिहीबार र शुक्रबार दुई अधक्ष्यले छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ ल्याउन चाहेका थिए। 

तर, तत्कालीन माओवादीको भागमा परेको भन्दै दाहालले अडान छाडेका छैनन्। दाहालले सभामुख स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाइ ल्याउन चाहेका छन्। 

बालुवाटार स्रोतका अनुसार सभामुखको अडानबाट प्रधानमन्त्री ओली लचिलो भएको बुझिएको छ। तर, उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि ओली र दाहालबीच सभामुख उम्मेदवार चयनको विषय थप पेचिलो बनेको छ। 

सभामुख उम्मेदवार चयन पार्टीभित्र आन्तरिक छलफलको क्रममा रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘पार्टीले सभामुख चयन गर्न अलिक ढिला गरेको हो। तर, केही दिनमा पार्टीले सभामुखको उम्मेदवार तोक्छ।’

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्‍ने व्यवस्था छ। उपसभामुखले राजीनामा दिएपछि मात्रै नेकपाले सभामुखको चयन गर्न मिल्‍नेछ। तर, उपसभामुख तुम्बाहाङफे भने पार्टीले सभामुख चयन गरेपछि मात्रै राजीनामा दिने अडानमा छिन्। उपसभामुख तुम्बाहाङ्फेको पक्षमा राष्टपति विद्यादेवी भण्डारीको समेत  साथ रहेकाले उनको अडान बलियो भएको समाचारहरू समेत बाहिर आइसकेका छन्। 

सभामुख चयनको विषय पेचिलो बन्दै गएपछि सभामुखमा तेस्रो व्यक्तिको समेत चर्चा चुलिएको थियो। तर, ओली र दाहालले आ–आफ्नो अडानको बीचमा नेकपाभित्र सभामुख चयन हुन सकिरहेको छैन।

उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राष्टपति भण्डारीले साथ दिएपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन्। प्रधानमन्त्री ओलीले नेम्वाङको विकल्पमा तुम्बाहाङ्फेको नाम अगाडि सारेको समेत स्रोतको दाबी छ। 

तर, पार्टी एकतापछि तत्कालीन माओवादी केन्द्रको भागमा परेको सभामुख पद तत्कालीन माओवादी निकट नेताहरूले छाड्न नहुने अडान अध्यक्ष दाहाललाई दिइरहेका छन्। त्यसलै पनि प्रचण्डले पनि आफ्नो अडानबाट पछि हट्न मनस्थितिमा छैनन्। 

अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओली प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरूबीचको छलफल गरेपछि रुष्ट छन्। नेकपाभित्र सभामुख चयन र अमेरिकी परियोजना एमसिसीको विषयले समेत रडाको मच्चिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.