|

पथरी : मोरङको पथरी शनिश्चरे-५ शान्ति चोकमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। शनिबार बिहान स्थानीय चन्द्रबहादुर रिजालको घरमा आगलागी भएको हो।

आगलागीबाट १७ तोला सुन, २० तोला चाँदी, ३ लाख ५० हजार नगद र आद्यान्न तथा लत्ताकपडासहित गरेर ५५ लाखको क्षति भएको परिवारले जनाएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप कुमार गिरीले बताए। आगलागीबाट काठको सेन्टर बेरा भएको २ तले घरमा पूर्णरूपमा क्षति भएको छ।

आगलागी फ्रिजमा बिद्यत चुहावट (सर्ट) भएर लागेको जनाइएको छ। रंगेली नगरपालिकाको बारुण यन्त्र, इलाका प्रहरी कार्यालय पथरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानीय बेदनाथ खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.