|
फाइल तस्बिर

सोलुखुम्बु : सोलुखुम्बुको तिंलामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रममा स्थानीयले बिथोलेपछि प्रहरीले बल प्रयोग गरेको छ।

तिंलाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न राखिएको कार्यक्रम स्थानीयले मुख्य प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिका-११, तिंलामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा विरोध जनाएका हुन्।

स्थानीयले अवरोधसहित प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

सो क्रममा केही प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता महेन्द्र दर्नालले जानकारी दिए। प्रदर्शनकारीले दर्जन बढी मोटरसाइकल र एउटा जीपमा आगजनी गरेको पनि प्रहरीले जानकारी दिएको छ।

स्थानीयले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुंगामुडासमेत गरेका थिए। तिंलावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.