|

 बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न नपाउने भएका छन्। 

अब उनीहरुले  उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन्। राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो। साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ।

ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि छुट्याइएको करदाताको २ दशमलब ४ मिलियन पाउण्ड अब उनीहरुको बेलायती परिवारमा नै रहने जनाइएको छ। गत सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ आएको हो। हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो। 

बेलायती महारानीले  धेरै महिनासम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको  राजदरबारको वक्तव्यमा उल्लेख छ। 

उनले वक्तव्यमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने समेत जनाएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.