बिरामीको नमूना परीक्षणका लागि विदेश पठाइने

|

काठमाडौं : पछिल्लो समय हङकङ, जापान र थाइल्यान्डका साथै उत्तरी छिमेकी देश चीनमा फैलिएको निमोनियाजस्तै लक्षण देखाउने प्राणघातक कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सतर्काता अपनाएको छ। भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाउन सुरु गरेको हो।

जसको लागि मन्त्रालयले मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालेको समन्वयमा धेरै विदेशीहरूको आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ।

 छिमेकी देश चीनमा कोरोना भाइरस देखिएपछि नेपालले पनि उच्च सतर्कता अपनाउनु पर्ने भएले अब सोको लागि तयारी गरिने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। उनले भने ‘यस्ता महामारीको रुप लिने खालका रोग नियन्त्रको लागि विश्व स्वास्थ्य संगठन मापदण्डअनुसार हामीले तयारी गर्छौँ।‘

बिरामीको नमूना परीक्षणको लागि विदेश पठाइने

केही दिनअघि अध्ययनका लागि चीन गएका एक ३२ वर्षीय नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए। उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत सोमबारबाट अस्पतालमा भर्ना गरेर विशेष निगरानीमा उपचार गरिएको थियो।

चीनको वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको थियो। तर अहिले ती बिरामीलाई अस्पतालबाट डिस्चाज गरेर घर पठाइए पनि उनमा कोरोना भाइसको लक्षण भएकाले उनको रगत परिक्षणको लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा विदेश पठाउने तयारी गरिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलका अनुसार सरकारीस्तरमा कोरोना भाइरस परीक्षण प्रविधि नभएकाले चीनको हुवान् प्रान्तमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको नमूना परीक्षणको लागि विदेश पठाउने तयारी भएको  गरिएको छ। रिपोर्ट आएपछि मात्र भाइरसको पुष्टि हुने भएकाले अहिले नै आत्ति हाल्नु पर्ने परिस्थिति नरहेको उनले बताए।

के हो कोरोना भाइरस

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। कोरोना भाइरस भर्खरै पहिचान गरिएको हो। यो जनावरबाट मानिसमा सर्ने भाइरस हो।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्। ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, मिर्गौलाले काम गर्न छोड्छ र मृत्युसमेत हुन सक्छ। जसले गर्दा यो भाइरसबाट बच्नको लागि नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर मात्र पानुपर्ने चिकित्सकहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.