|

पथरी (मोरङ) :  नेकपा नेतृत्वको सरकारले अव्यवस्थत बसोबास र सुुकुम्वासी समस्या समाधान गर्नेमा ढुक्क हुन पथरीमा आयोजित सभाका वक्ताहरुले वताएका छन्। 

मोरङको पथरीमा आयोजित आम सभाका वक्ताहरुले सुकुम्वासी समस्या समाधान गर्न पहल थालेकाले त्यसमा ढुक्क हुुन सरोकारवालालाई उनीहरुले आग्रह गरेका हुन्। 

सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समिति पथरीशनिश्चरेको आयोजनामा सम्पन्न सभामा बोल्दै पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट बाँस्तोलाले यही सरकारले जग्गा धनिपूर्जा दिने बताइन्। स्थानीय सरकारले नै सुकुम्बासीलाई जग्गाधनी बनाउने दाबी उनले गरिन्। 

‘धनीपूर्जा ललिपप बाँडेजस्तो होइन, यसका लागि सरकारले प्रक्रिया थालेको छ’, उनले भनिन्, ‘यही सरकारले धनिपूर्जा बाँड्छ।’
कार्यक्रममा बोल्दै पहल समितिका अध्यक्ष जहरमान लिम्बूले नेपाल सरकारका भूमिसुधार मन्त्री पद्मा अर्याल र कानुन मन्त्री भानुभक्त ढकालले समेत जोतभोगकै आधारमा जग्गाधनी पूर्जा बाँड्ने आश्वासन दिएकाले सुकुम्बासीका नाममा थप राजनीति नगर्न सुझाए। 

जोतभोगका आधारमै जग्गा धनीपूर्जा माग गर्दै पथरीमा मौसम लिम्बू नेतृत्वको सुकम्बासीहरुको समूहले चरणवद्ध आन्दोलन सुरु गरेको छ। आन्दोलन थालिएपछि जहरमान लिम्बू नेतृत्वको समितीले पहिलो पटक आमसभा गरेको हो। 

सभाका अन्य वक्ताहरुले कानुन मन्त्री भानुभक्त ढकालकै पहलमा सुकुम्बासीले पूर्जा पाउने जिकिर गरेका थिए। उनीहरुले सरकारले भोगाधिकारसहितको शक्तिशाली आयोग गठन गरेपछि त्यसैले सुकुम्वासीलाई पूर्जा बाँड्ने आशा गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.