सूचक सकारात्‍मक

|

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनादेखि नाफामा देखिएकोमा शोधनान्‍तर नाफा (देशबाट बाहिरिनेभन्दा देशभित्र आउने धेरै रकम ) पाँचौं महिनामा केही कमी आएको छ। पहिलो चौमासिकसम्म २७ अर्ब २९ करोड रुपैयाँ नाफामा रहेकोमा पाँच महिनामा भने २३ अर्ब ३० करोड नाफामा देखिएको छ।

अघिल्लो महिनाको तुलनामा यो करिब चार अर्ब रुपैयाँले कमी हो। तर गत वर्ष यही समयमा भने करिब एक खर्ब बराबरको घाटामा रहेको थियो। गत वर्ष पाँच महिनामा ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको थियो। तर आयात व्यापार बढेपछि यो महिना शोधनान्तर बचत घटेको हो।

पहिलो महिना पाँच अर्ब नाफामा देखिएकोमा दोस्रो महिना आठ अर्ब नाफामा पुगेको थियो। तेस्रो महिना थप ६ अर्ब थपिएर १४ अर्ब पुगेकोमा चौथो महिनामा १३ अर्ब रुपैयाँ थपिएर २७ अर्ब पुगे पनि पाँच महिना भने चार अर्ब रुपयाँ घटेर २३ अर्ब कायम भएको हो। 

पाँच महिनासम्ममा आयात व्यापार गत वर्षको तुलनामा ४.२ प्रतिशतले कमी छ भने निर्यात व्यापार २७ प्रतिशतले बढी छ। विदेशी विनिमयको सञ्चिती बढेर ८.३ महिनालाई पुग्ने भएको छ।

अहिलेसम्म १० खर्ब ८८ अर्बको यस्तो सञ्‍चिती रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.