|

काठमाडौं : गायक माधव गिरीको डेब्यु गीत ‘माया लाएँ…’ रिलिज भएको छ। गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन्।

गायनमा डेब्यु गीतलाई गिरीले ओएसआर डिजिटलबाट शुक्रबार रिलिज गरेका छन्। ‘गीत संगीतमा लागेको धेरै भयो’, गायक गिरीले भने, ‘पहिलो पटक आफ्नै स्वर, संगीत र शब्दमा गीत ल्याएको छु। मेरोतर्फबाट राम्रो गरेको छु। फैसला दर्शक, स्रोताबाट हुनेछ।’

मञ्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। म्युजिक भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन्। नायिका मरिस्कार पोखरेल, अश्मिक लम्साल र माधव गिरीलगायतले म्युजिक भिडियोमा अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.