|

बारा (सिमरा) : डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले   बाराको कोहल्वी नगरपालिका-६ स्थित सखुई जुगुवाबाट काठ तस्करी गरिरहेका युवकलाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

वन कार्यालय सिमराअन्तर्गतको कोल्हवी सव डिभिजनबाट खटिएको वन गस्ती टोलीले कोल्हवी-६ स्थित सखुई जुगुवा भन्ने स्थानबाट मोटरसाइकल र साइकल प्रयोग गरी वन क्षेत्रबाट काठ तस्करी गरी ल्याई रहेको अवस्थामा २३ वर्षीय रमेश चौरीलाई पक्राउ गरेको हो।

चौरीलाई सिसौको गोलिया थान २ (करिब ८  क्यू फिट), मोटरसाइकल थान १, साइकलन थान २ सहित गस्ती टोलीले  शनिबार राति पक्राउ गरेको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले बताए। काठ तस्करीमा संलग्न अन्य तीनजना भागेका छन्। भागेकाहरू खोजी जारी रहेको र अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

डिभिजन वन कार्यालयको गस्ती टोलीले यसअघि पनि निमार्णधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको राष्ट्रिय वनभित्रको   टाँगियावस्तीबाट ठूलो परिणाममा काठ बरामत गरेको थियो। दुई साताअघि डिभिजन वन कार्यालय बाराको टोलीले टाँगियावस्ती क्षेत्रबाट  स्थानीयको घर र  गोठमा लुकाइ राखेको अवस्थामा २५ ओटा ठूला कडी, ३३ क्यिुफिट काठ र ६ ओटा ठूला गोलाई बरामत गरेको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.