|

तनहुँ : चिसो बढेसँगै बिरामी बढेपछि सञ्चालन गरिएको शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले आयोजना गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएका छन्।

शिविरमा एक हजार तीन सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका प्रमुख डा.रामकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार शिविरमा सबैभन्दा बढी श्वासप्रश्वासका बिरामी लाभान्वित भएका छन्।

श्वासप्रश्वासका ६४९, स्त्रीरोगका ४३६, हाडजोर्नीका १९६, नाक, कान, घाँटीका १३७, छाला रोगका १०४, बालरोगका ५६ जनाको स्वास्थ्य परीक्षण गरिएको डा.श्रेष्ठले बताए।

‘केही बिरामीले दुईभन्दा बढी रोगको परीक्षण गराएका थिए, यो शिविरबाट धेरै सेवाग्राहीले लाभ लिएका छन्, तनहुँ सहित छिमेकी जिल्ला स्याङ्जाका सेवाग्राहीको समेत स्वास्थ्य परीक्षण गरिएको छ,’ उनले भने। 

डा.श्रेष्ठले पहिलो दिन शुक्रबार वर्षाका वावजुत पनि २०२, दोस्रो दिन शनिबार ४४८ र तेस्रो दिन आइतबार ६७५ गरी एक हजार तीन सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको बताए। बिरामीहरुको निःशुल्क रुपमा ल्याब टेस्ट र औषधी समेत प्रदान गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र दुलेगौंडाले जनाएको छ।

अलि नजिक र धेरै रोगको परीक्षण गर्न सकिने भएकाले स्वास्थ्य परीक्ष गराउन आएको स्याङजाको हरिनास गाउँपालिका–३ का स्थानीय कुमारी कोइरालाले बताइन्। उनले भनिन्, ‘बेला बेलामा गरिने स्वास्थ्य शिविरबाट ग्रामीण भेगका स्थानीयलाई टेवा पुगेको छ, शिविर भइरहनुपर्छ र नयाँ रोगहरु प्नि पहिचान हुन्छ, कति रोगका बारेमा हामीलाई थाहा नै हुँदैन।’

शिविरमा आएका सेवाग्राहीहरुको मणिपाल शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा.चन्द्र प्रकाश आचार्य, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.आनन्द नेपाल, नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौंका डा.यज्ञ बहादुर भण्डारीलगायत २१ जना विशेषज्ञ चिकित्सक र आठ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको केन्द्रका लेखा अधिकृत बासुराज दाहालले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, मणिपाल शिक्षण अस्पताल, हिमालय आँखा अस्पताल, नर्भिक इन्टरनेसनल अस्पताल काडमाडौं, दमौली अस्पताल र आइएनएफ पोखराको सहयोगमा शिविर गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.