|
फाइल फोटो

पर्सा : भू–बनोट समतल मात्र रहेको प्रदेश २ मा सवारी दर्घटनाका कारण मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २४१ जनाको मृत्यु भएको तथ्यांक छ।

आठ जिल्ला रहेको प्रदेश २ मा पर्साबाहेक सबै जिल्ला पूर्व–पश्चिम राजमार्गले छुने भएकाले दुर्घटनामा मृत्यु हुनेको संख्या बढी देखिएको प्रदेश २ ट्राफिक कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। 

छ महिनामा प्रदेश २ मा ५२७ वटा सवारी दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी ७८८ जना घाइते भएका थिए। गतवर्ष सवारी दुर्घटनामा परी एक हजार २६९ जना घाइते भएका थिए। 

एकजनाको जिम्मामा एक हजार ९२६ सवारीसाधन

कुल ४९ लाख ९२ हजार ४३४ जनसंख्या रहेको प्रदेश २ मा ११ दशमलव ९६ किलोमिटर प्रति ट्राफिक सडक रहेको छ। यस सडकमा गुड्ने एक हजार ९२६ वटा साना ठूला सवारी साधन एकजना ट्राफिक प्रहरीले निगरानी गर्नुपर्दछ।

एकजनाको भागमा यति संख्याका सवारी साधन पर्नु ठूलो चुनौती रहेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन्। सवारी चालक र आम मानिसले आफ्नो सुरक्षाको लागि सडकको नियम हो भन्ने नबुझ्दासम्म ट्राफिक प्रहरीको मात्र भरमा दुर्घटनाको संख्या र ज्यान गुमाउने तथा घाइते संख्या कम गर्न सम्भव नहुने ट्राफिक प्रमुख महतोले बताउँछन्। 

प्रदेश २ को एक मात्र महानगर वीरगञ्जमा सवारी साधनको चाप र ट्राफिक व्यवस्था सुदृढ बनाउन पर्साका ट्राफिक कर्मचारीबाट मात्र सम्भव नभएको महतोको भनाइ छ। 

ट्राफिक प्रहरीको संख्या कम भएकाले एक ट्राफिक प्रहरीले १३ हजार १०० जना मानिसको निगरानी गर्नुपर्ने अवस्था रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.