|

काठमाडौं : स्वास्थ्यकर्मीको समायोजनपछि पहाडी तथा हिमाली जिल्लाका कतिपय गाउँपालिकाहरू स्वास्थ्यकर्मीविहीन भएका छन्।

 संघीयताअनुसार सबै स्थानीय तहमा स्वास्थ्यकर्मीहरूको सहज पहुँच पुर्‍याउने भने पनि स्वास्थ्यकर्मीहरूको यसअघि स्वास्थ्यकर्मीहरूले सेवा दिएका हिमाली भेगका केही गाउँपालिकाहरूमा कर्मचारी समायोजनपछि झन् स्वास्थ्यकर्मीविहीन हुन पुगेका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँचवटा गाउँपालिका अनमीविहीन छन्। यस्तै, दुईवटा गाउँपालिकामा अहेव, सुपरभाइजर र हेल्थ असिस्टेन्टविहीन भएका हुन्।

समायोजनले गर्दा २ वटा गाउँपालिका हेल्थ असिस्टेनट  अहेव सुपरभाइजरविहीन भएका छन्। हेल्थ असिस्टेनट अहेव र सुपरभाइजरविहीन हुने गाउँपालिकामा मुस्ताङको लो घेकर दामोदरकुण्ड र सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका रहेका छन्।

 त्यसैगरी, मनाङको चामे र ङिस्याङ गाउँपालिका, मुस्ताङको बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका अनमीविहीन भएका छन् भने अधिकांश उच्च पहाडी जिल्ला र हिमाली क्षेत्रमा पनि धेरै दरबन्दी खाली छन्।

मनाङको चामे र ङिस्याङ गाउँपालिका, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, डोल्पाको छार्का ताङ्सोङ गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका अनमीविहीन बनेका हुन्। यस्तै, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अहेब, हेल्थ असिस्टेन्ट र सुपरभाइजरविहीन बनेका छन्। अन्य दर्जन बढी गाउँपालिकाहरूमा भएको दरबन्दीमा ८० देखि ९० प्रतिशत खाली छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं समायोजनपछि गुनासो सम्बोधन गर्ने इकाईका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मीको समायोजनले दुर्गम भेगमा झनै जटिलता थपेको बताउँछन्। उनले रिक्त भएका ती स्थानमा स्वास्थ्यकर्मी पठाउने पहल भइरहेको जानकारी दिए।

संयोजनक श्रेष्ठले भने ‘समायोजन पछि पहाडका कतिपय जिल्लाका गाँउ पालिकामा एकजना पनि स्वास्थ्यकर्मी नभएको अर्थात् शून्य भएको अवस्था छ अहिले, त्यसकारणले अब हामीले करार निर्देशिकाहरु जारी गर्नुपर्ने अवस्थासमेत आइसकेको छ।‘

यस्तै, हाल जिल्ला अस्पतालमा बस्नुपर्ने एनआइसीयू, सीसीयू, जस्ता तालिम लिएका नर्सहरु स्थानियतहमा समायोजन हुँदा अस्पतालहरुको सेवामा समेत असर परेको समायोजन इकाइ संयोजक श्रेष्ठले बताए।

‘नर्सहरू स्थानीय तहमा जाँदा जिल्ला अस्पताल पूर्णरूपमा खाली भएको अवस्था छ, एनआइसियु, सिसियु, जस्ता तालिम लिएका नर्सहरू अहिले गाउँपालिकामा फाइल बोकेर यताउता गर्ने काम भएको छ, संघमा केही विज्ञ मानिसहरूको अभाव भएको अवस्था छ। त्यसकारण हाम्रो माग अब के भने स्थानीय तहबाट पनि आवश्यकताअनुसार संघ र प्रदेशमा कर्मचारी ल्याएर तत्काल सेवा सञ्चालन गर्नुपर्छ भन्ने हो, यहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुरा भएको छ।‘

असारबाट शुरु भएको स्वास्थ्यको समायोजन छ महिना नाघिसक्दासम्म अझै टुंगिएको छैन। स्वास्थ्य मन्त्रालयमा गुनासो लिएर आउनेको संख्या रोकिएको छैन। मन्त्रालयका अधिकारीहरूले पहिले केही हप्ता र पछि केही महिनामा समायोजन सकिने दाबी गरेका थिए। तर, अझै केही समय समायोजन नसकिने मन्त्रलयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.