|
फाइल फाेटाे

काठमाडाैं : साढे २ महिनापछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर काममा फर्किएमा छन्। अर्थमन्त्रालयकाको प्रस्तावअनुसार निलम्वनमा परेका श्रेष्ठलाई मन्त्रिपरिषदले सफाइ दिएपछि सोमबारबाट काममा फर्किएका हुन्। 

अनियमितता गरेको आरोपमा छानबिनमा परेका श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए। यसबीचमा उनीमाथि अनुसन्धान गरेर अर्थ मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले वर्खास्त गर्नुपर्ने कारण नभएको भन्दै पुनर्वहाली गरेको हो। 

राष्ट्र बैंक सञ्चालक श्रीराम पौड्यालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई सहयोग नगरेको, अनियमित गरी आर्थिक लाभ लिएकोलगायत आरोप उनीमाथि थियो।

उनलाई सरकारको तर्फबाट प्रस्टीकरण सोधिएकोमा प्रष्टिकरण  चित्तबुझ्दो भएको र आरोप गलत भएको भन्दै मन्त्रिपरिषद्‍बाट सफाइ दिइएको थियो। सोमबार राष्ट्र बैंकका पुनर्बहाली गर्ने क्रममा बैंकका कर्मचारीले स्‍वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.