नेकपाबाट अग्‍नि, कांग्रेस टुंगो लगाउँदै

|
फाइल तस्बिर

काठमाडौं : प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो।  

‘दलहरुबीच माघ १२ मा सभामुखको निर्वाचन गर्ने सहमति भएको छ,’ खाँणले थाहाखबरसँग भने, ‘आज दिउँसो ४ बजे संसदको जेष्ठ सदस्य महन्थ ठाकुरले संसद बैठकको अध्यक्षता गर्नुहुन्छ। उहाँले निर्वाचनको विस्तृत कार्यतालिका पेश गर्नुहुनेछ।’  

सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त छ। रिक्त सभामुख पदपूर्तिको लागि सत्तारुढ दल नेकपाले नेता अग्निप्रसाद सापकोटालाई अघि सारेको छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुखको उम्मेद्वार बनाउने लगभग पक्कापक्की रहेको स्रोतले जनाएको छ। कांग्रेसले अहिलेसम्म निर्णय गरेको छैन।

संविधानमा सभामुख र उपसभामुख एकै दलबाट हुन नपाउने प्रावधान रहे अनुसार नै नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङफेले सोमबार १ बजे आफैंले अध्यक्षता गरेको बैठकमा राजीनामा पत्र पढेर पदबाट राजीनामा दिइसकेकी छन्।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) सँग तालमेल गरेकोले उपसभामुख राजपाले पाउने पनि बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.