|

धरान : धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ। राईको सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

पूर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो।

राई एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको चिकित्सकहरुले बताएका थिए। क्यान्सरमा पनि दुर्लभ 'स्क्वामस सेल'क्यान्सर थियो। भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई केही दिनअघि नेपाल ल्याइएको थियो।

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए। पछिल्लो समय उनी समाजवादी पार्टीमा आबद्ध थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.