उपसभामुख पाए कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

|
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख आफूले पाए सभामुख पदका लागि उम्मेदवारी नदिने तयारी गरेको छ। संविधानमै सभामुख र उपसभामुख फरक–फरक पार्टी र फरक लिंगको हुनुपर्ने उल्लेख भएअनुसार कांग्रेसले सत्तारूढ दल नेकपासँग यस विषयमा छलफल चलाएको हो। 

नेपालको संविधान–२०७२ को धारा ९१ (२) अनुसार, प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै दलको उम्मेदवार र एकै लिंगको बन्न नपाउने प्रावधान छ।  यही प्रावधानअनुसार नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएपछि नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले सोमबार दिउँसो १ बजेको संसद् बैठकमार्फत राजीनामा दिएकी छन्। 

कांग्रेसले उपसभामुखमा कांग्रेसलाई समर्थन जनाए सभामुखमा नेकपालाई समर्थन जनाउने बताएको छ। ‘सभामुख, उपसभामुख फरक पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान र सहकार्यको राजनीतिलाई थप स्थापित गर्न कांग्रेसले उपसभामुखको दाबी गरेको हो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले थाहा खबरसँग भने, ‘उपसभामुखमा कांग्रेसलाई नेकपाले समर्थन जनाए कांग्रेसले नेकपाले उठाउने सभामुखका उम्मेदवार अग्‍नि सापकाटालाई समर्थन गर्छ।’ 

तर, कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सभामुख पदको लागि अग्‍नि सापकोटालाई समर्थन गर्न नसक्ने बताएका थिए। उनले लेखेका थिए, ‘नेकपाले सभामुखका लागि व्यक्ति छनोट गर्न सकेन’, पदको गरिमाअनुसार व्यक्ति छनोट गर्न नसकिए संसदीय गरिमा र राजनीतिप्रति वितृष्णा हुन्छ। राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन्। कुन पदमा कस्तो प्रवृत्ति? छनोट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ। श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सतबुद्धि प्रदान गरून्।’

उपसभामुखमा नेकपाले कांग्रेसलाई समर्थन नजनाए कांग्रेसले संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुखको लागि उम्मेदवार बनाउने छ। उपसभामुख कांग्रेसले पाउने पक्का भएमा सितादेवी यादवलाई बनाउने सम्भावना पनि उत्तिकै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.