|

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले बराबरी खेलेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले आफूले पाएको अवसरमा गोल गर्न चुक्दा खेल बराबरीमा सकिएको हो।

बराबरी भएसँगै दुवै टोली अंक बाँड्न बाध्य भएका छन्। लिगमा संकटा ९ अंकसहित आठौँ स्थानमा रहँदा बीबीसी ८ अंकसहित नवौँ स्थानमा रहेको छ। लिगअन्तर्गत जारी खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र १२ औँ स्थानको च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भएको छ। खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.