|

बुटवलः लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्यबहादुर भट्टराई नियुक्त भएका छन्। सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले पाल्पा मदन पोखरा स्थायी निवासी भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकको निर्णयबारे जानकारी दिदै प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले विशिष्टीकृत अस्पतालको रुपमा स्तरोन्नति गर्न लागेको प्रादेशिक अस्पतालको नेतृत्वमा भट्टराईलाई नियुक्त गरिएको जानकारी दिए। यसअघि प्रदेश सरकारले अस्पताल परिसरमा रहेका सटरलाई खाली गर्न निर्देशन दिइसकेको छ। 

मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातक ५५ वर्षीय भट्टराई यस २०५९ सालमा पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष भएका थिए भने पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साइन्सेजको अध्यक्षको रुपमा रहेका थिए। 

त्यस्तै बैठकले प्रदेशिक अस्पताल विकास समितिको सदस्यमा रिज्जु श्रेष्ठ अर्याललाई नियुक्त गरेको छ। त्यस्तै रोल्पा अस्पताल रेउघाको अध्यक्षमा फविन्द्र आचार्य र समिति सदस्यमा निमकुमार सिंहलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्त चौधरीले जानाकारी दिए। मन्त्रिपरिषद् बैठकले फागुन १० देखि २ दिन दाङमा हुन लागेको प्रदेश एक्स्पोका लागि ५० लाख बजेट स्वीकृत गरेको छ।

प्रवक्ता चौधरीले सम्बन्धित मन्त्रालयले व्ययभार बोक्ने गरी उक्त रकम स्वीकृत गरेको जानकारी दिए। साथै बैठकले प्रदेशका विपक्षी दलका नेता बलदेव शर्मा पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.