एजेन्सी : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी सोमबारदेखि नेता जगत प्रकाश नाडाले पाएका छन्।
पार्टीको अध्यक्षमा नाडालाई भाजपाले निर्वाचित गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी ६ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा थिए।
तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि राजीनामा दिएका थिए। त्यसयता नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो।
नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बनेका हुन्। उनी यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत भइसकेका थिए।
भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दाबी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।