|

काठमाडौं : नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ।

मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ। हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ।

पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन्। उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन्।

त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन्। यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.