|

काठमाडौं :कश्मीर मामिलामा पाकिस्तानलाई समर्थन गरेपछि चुलिएको भारत–मलेसिया तनावले ताडीको तेल (पाम आयल)को कारोबारलाई प्रभावित तुल्याएको छ।

मलेसियाले ठूलो परिमाणमा ताडीको तेल उत्पादन र प्रशोधन गर्नेगर्छ। त्यहाँबाट विभिन्न मुलुकले ताडीकै कच्चा तेलसमेत आयात गर्छन्।तर केही साताअघि ताडीको तेल आयातमा प्रतिबन्ध नै लगाइदिएको भारतले मलेसियाबाट पठाइएको ३० हजार टन तेल बन्दरगाहमै रोकिदिएको छ।

प्रतिबन्धअघि नै ताडीको तेल बोकेर भारततर्फ गएका कार्गो पानीजहाजहरुलाई भारतले बन्दरगाहमा रोकिदिएको हो। मलेसियाबाट आउने पाम आयलमाथि भारतले जनवरी ८ तारिखमा प्रतिबन्ध लगाइदिएको थियो।

भारतले प्रतिबन्ध लगाइदिएपछि मलेसियाकै बजारमा ताडीको तेलको भाउ १० प्रतिशतले घटेको छ, जुन बितेका ११ बर्षकै सर्वाधिक ठूलो गिरावट भएको मलेसियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

मलेसियामा उत्पादन हुने पाम आयलको भारत सबैभन्दा ठूलो खपतकर्ता हो। इन्डोनेसियापछि मलेसियाले विश्वमै धेरै ताडीको खेती गर्छ।

मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले कश्मीरको विशेषाधिकार कटौती र पछिल्लो नागरिकता संशोधन गरेकोमा भारतविरुद्ध आलोचना साँधिरहेका छन्।

छिमेकी मुलुकहरुसँग खराब सम्बन्धमा रहेको दक्षिण एसियाली व्यवस्थाको मूख्य मुलुक भारतले एसियाका अन्य क्षेत्रीय मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि बिगारेको विश्लेषण हुन थालेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.