|

काठमाडौं : संघीय सांसद भीमसेनदास प्रधान र अकुपाइ टुँडिखेल अभियानताहरूको टोलीले टुँडिखेल र खुलामञ्चको निर्माण सामग्री हटाउन वीर अस्पतालका प्रमुख डा. केदारप्रसाद सेञ्चुरीलाई ज्ञापनपत्र बुझाएका छन्। बन्दै गरेको वीर अस्पतालको निर्माण सामग्रीले खुलामञ्च अतिक्रमण भएको भन्दै मंगलबार उनीहरूले सेन्चुरीकै कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका हुन्।

अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले खुलामञ्चमा बनाएको टहरा र निर्माण सामग्री हटाउन अनुरोधका लागि ज्ञापनपत्र बुझाएको बताए। ‘ऐतिहासिक टुँडिखेल ढलान, अनाधिकृत पार्किङ र वीर अस्पताल निर्माणका सामग्रीले भरिएको छ,’ उनले भने, ‘खुलामञ्चलाई खुलै राख्न निरन्तर अभियान चलाइरहेका छौँ। वीर अस्पतालले पनि सामग्री हटाएर सहयोग गर्नुपर्छ।’ 

ज्ञापन पत्रमा वीर अस्पतालले कानुनलाई प्रभावित गरिएर त्यस ठाउँको अस्तित्व समाप्त पार्ने कार्यलाई निरन्तरता दिएमा संविधानको धारा ४८ (घ) बमोजिम सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण हेतु त्यस अनाधिकृत पार्किङलाई कानुनी उपचार खोजी रोक्न बाध्य हुने उल्लेख छ। 

श्रेष्ठका अनुसार खुलामञ्चमा वीर अस्पतालकै पूराना सवारीसाधन राखिएका छन। अभियानताहरुले ज्ञापनपत्र बुझाइसकेपछि वीर अस्पतालका प्रमुख सेञ्चुरीसहित टुँडिखेल र खुलामञ्चको अवलोकन समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.