|

भद्रपुर : झापाको बिर्तामोडमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। 

झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट बुधबार दिउँसो मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका १३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई रंगेहात पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार तामाङले अस्पतालमा पार्किङ गरी राखिएको मे ११ प २२७३ नम्बरको मोटरसाइकल चोरेर भाग्दै स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ। 

केही दिन अघि बिर्तामोड नगरपालिका ५ स्थित मुक्ति चोकमा पार्किङ गरी राखिएको को ३२ प १६९९ नम्बरको मोटरसाइकल चोरी गर्दागर्दै दुई युवकलाई स्थानीयले रंगेहात पक्राउ गरेको थियो‍।

पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङगा नगरपालिका२ बस्ने २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका २७ वर्षीय सुदर्शन गेलाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पछिल्लो समयमा झापाका शहरी क्षेत्रमा मोटरसाइकल चोरको बिगबिगी बढेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.