|
फाइल तस्बिर

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्।

सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरम मानवअधिकारवादीहरूले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतिघरमा दुःख नगर्न आग्रह गरेका हुन्।

‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो। अब साथीले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भने। नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए।

दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्दा नै नभएको समेत बताएका हुन्। ‘उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौ। हिजो प्रतिपक्षी र अरू पार्टीले समेत उनलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने।

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार  र कानूनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीले प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.