|
फाइल फोटो

कञ्चनपुर : कञ्चनपुरमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१६ गोबरीयाकी २० वर्षीय रमीता भट्ट रहेकी छिन्।

बैतडीको गुरुखोलाकी उनको बिहीबार अपरान्ह टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा भएको उक्त घटनामा  से.१क ८८७ नम्बरको टिपरले साइकलमा गइरहेकी उनलाई ठक्कर दिएको थियो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.