|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबलेपनि उपाधि होडमा दबाब बढाउँदै लगेको छ। बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दे लिग अंक तालिकामा उपाधि दाबेदारी कायम राखेको हो। आठौं चरणमा पुग्दा थ्रीस्टार तेस्रो स्थानमा छ। शीर्ष स्थानको आर्मी र मच्छिन्द्रभन्दा थ्रीस्टार २ अंकले पछि छ।

प्रतियोगितामा चौंथो जित निकाल्ने क्रममा थ्रीस्टारले हिमालयन शेर्पालाई ३–१ ले पराजित गर्‍यो । सुरुवातमानै गोल गर्दे अग्रता बनाउने क्रममा थ्रीस्टारका शुसिल राईले भारतीय खेलाडी लालरमावाईले निकालेको आकर्षक चिप पासलाई सदुपयोग गरेका थिए। १-० ले पछि परेको अवस्थामा पहिलो हाफको इन्जुरी समयमा शेर्पाले खेल बराबरीमा ल्यायो।

३ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफन समिरको सानदार फ्रिकीक सिंधै गोलमा परिणत हुँदा सेर्पा खेलामा फर्कियो तर उसको अग्रता एक मिनेटपनि टिक्न सकेन्। लगत्तै थ्रीस्टारले पुनः अग्रता बनायो। थ्रीस्टारका सन्जोग राईले गोलरक्षकलाई विट गर्दे टिमलाई पहिलो हाफमानै अग्रता दिलाए।

पहिलो हाफमा २-१ को अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा थप एक गोल थप्यो। उसका लागि ५० औं मिनेटमा वासिउ हजमतले निशान खड्काको उत्कृष्ट पासलाई सदुपयोग गरेका थिए। त्यसपछि दुवै टिमबाट थप गोल हुन् सकेन्। थ्रीस्टारले केहि मौका सिर्जना गरेपनि सफल भएन्।

एपिएफलाई रेलिगेशन डर

रेलिगेशन जोनभन्दा एक स्थानमाथि रहेको विभागीय टिम एपिएफ निरन्तर खराब प्रदर्शनको सिकार भएको छ। बिहीबार भएको खेलमा  दोस्रो हाफमा जावलाखेलका लागि फोडे फोफनाले गरेको एकमात्र गोल निर्णायक हुँदा एपिएफ १-० ले स्तब्ध भयो।

दशरथ रंगशालामा भएको खेलमा पराजित भएसँगै ५ अंक जोडेको एपिएफको रेलिगेशन संभावना कायम छ। यद्यपि एक टिममात्रै रेलिगेशनमा पर्ने भएकाले लिगमा केवल एक अंक जोडेको सरस्वती पुछारमा रहँदा एपिएफलाई केहि राहत छ। यद्यपि एपिएफको संकट भने बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.