|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय सरकारमा जाने 'वाहियात' कुरा मिडियाले लेखिरहेको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनमा राजपा-नेकपा गठबन्धनका चारै उम्मेदवार निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै नेता महतोले संघीय सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। उनले राष्ट्रियसभाको लागि मात्र नेकपासँग गठबन्धन गरेको र सरकारमा जाने हल्ला गलत भएको दावी गरेका छन्।

नेता महतोले सांसद रेशम चौधरीको रिहा, झुठा मुद्दाहरू खारेज र संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताए। उनले प्रदेश सरकारसमेत परिवर्तन नहुने स्पष्ट पारे। ‘कसले के हल्ला गर्छन्, थाहा छैन। तर प्रदेशमा नेकपासँग मिलेर सरकार बनाउने कुनै सम्भावना नै छैन’  उनले भने।

संचारकर्मीको जिज्ञासामा नेता महतोले राष्ट्रियसभा सम्पन्न भएपछि राजपा र नेकपाको गठबन्धन भत्कियो भनेर बोल्न चाहेनन्। ‘गठबन्धन सफल भयो। अहिले यति बुझ्नुस्’ उनले भने।

प्रदेश २ मा राष्ट्रिय सभाका लागि बिहीबार भएको निर्वाचनमा राजपा-नेकपा गठबन्धनका चारै उम्मेदवार कांग्रेस-समाजवादी पार्टीका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.