|

मुगु : हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु कर्मचारीविहीन छन्। विभिन्न बहानामा कार्यालय प्रमुख जिल्लाबाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन्।

प्रखुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बुधबार जिल्लाबाहिर गएपछि नागरिकता, राहदानी, नाबालक परिचयप्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीको काम भएको छैन। सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिनादेखि जिल्लाबाहिर छन्।

अख्तियारी प्राप्त कर्मचारी नुहँदा सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नरबहादुर बुढाले बताए।

जिल्ला प्रशासन कार्यालय मात्र होइन, सदरमुकामममा रहेका सघीय तथा प्रदेश सरकार माहतहतका कार्यालयहरुमा पनि प्रमुख छैनन्। संघीय माताहतका कार्यालयहरु जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा प्रमुख छैनन्। यस्तै, प्रदेश सरकारअन्तर्गतका वन डिभिजन कार्यालय, खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयमा पनि प्रमुख छैनन।

कार्यालयका कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.