|

चीनमा कोरोना भाइरसको त्रासका कारण परम्परागत लुनार नयाँ वर्ष प्रभावित भएको छ।

देशका विभिन्न ठाउँमा लुनार नयाँ वर्ष भब्यरुपमा मनाउने तयारी भइरहँदा सरकारले मानिसहरुलाई ठूलो संख्यामा एकै ठाउँमा जम्मा नहुन आग्रह गरेको छ।  भोलि चीन र हङकङमा भव्यरुपमा लुनार नयाँ वर्ष मनाउने गरिन्छ। लुनार नयाँ वर्षका कार्यक्रममा भेला हुने ठूलो संख्याका मानिसहरुबाट कोरोना भाइरस आपसमा सर्नसक्ने चिन्ताले भीडभाड नगराउन सरकारले आग्रह गरेको हो।

बेइजिङ र हङकङमा थुप्रै कार्यक्रम स्थगित गरिएको छ। वुहानलगायत हुबेईका अन्य सहरहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। चिनियाँ  अधिकारीहरुले आज सार्वजनिक गरेको तथ्यांकमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। ८३० जनाको उपचार भइरहेको छ । जसमध्ये १७७ जनाको अवस्था गम्भीर रहेको छ। ३४ जना उपचारपछि घर फर्किएका छन्। 

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको तथ्यांकअनुसार १ हजार ७२ जनामा कोरोना संक्रमण भेटिएको छ। अधिकारीहरुका अनुसार कोरोना भाइरसले मृत्यु हुने अधिकांश विरामीहरु हुबेई प्रान्तका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.