त्रास र आस नराखी लेखे मात्र असल पत्रकार

|

काठमाडौं :  नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय छन् गुणराज लुइँटेल। छापा माध्यमबाट  पत्रकारिता सुरु गरेका उनलेले डिजिटल मिडिया सेतोपाटी डट कममा केही वर्ष टिप्पणीकारको रूपमा पनि काम गरे। 'युगसंवाद' बाट पत्रकारिता सुरु गरेका लुइँटेल हाल नागरिक दैनिकका प्रधानसम्पादक हुन्‌। नेपाली पत्रकारिता क्षेत्रका विषयमा थाहा खबरकर्मी अतिन आचार्यले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

आजकाल केमा व्यस्त हुनुहुन्छ ?

पत्रकारिता क्षेत्रको मानिस भएकोले पत्रकारिता गर्नमा व्यस्त छु। लामो समयदेखि यसै क्षेत्रमा भएकोले यहीँ दिनचर्या बनेको छ।

नेपालमा पत्रकारिताको अवस्था कस्तो छ?

भ्रष्टचार,विकृति र विसंगतिको विषयमा नै बढी समाचार आइरहेका छन्। विगतको अनुभवमा राजनीतिलाई प्राथमिकतामा राखिएको थियो। संविधान कसरी बनाउने शासन पद्धति कस्तो बन्छ भनेर धेरै समाचारको विषय बनेको थियो। तर,अहिले पत्रकारिताले फरक मोड लिइसकेको छ। विकास किन भएन र किन हुनुपर्छ भनेर त्यसको मूलसमस्या के हो भनेर बढी समाचार सम्प्रेषण भइरहेका छन्।

पत्रकारिता कस्तो हुनुपर्छ?

समाजलाई झकझक्याउने र परिवर्तन गर्नलाई उत्सुक बनाइरहने खालको हुनुपर्छ। सही सूचना दिने हुनुपर्छ।

पत्रकारिताको सिद्धान्त के हो?

दैनिकजसो घटना वा क्रियाकलाप हुन्छन्। त्यसको सारा जानकारी दिनु नै पत्रकारिताको मूलसिद्धान्त हो। पत्रकारिता भनेको नै जानकारी दिनु हो तर त्यसको पनि सिद्धा हुन्छ। पत्रकारिताको त्योभन्दा अरू मूल्य मान्यता त पक्कै छैन होला।

पत्रकारले समाचारको कन्टेन्टलाई भन्दा शीर्षकलाई प्राथमिकतामा राख्‍न थालेका हुन्?

समाचारको विशेषता नै हो। शीर्षकले नै समाचार बुझून् भनेर अझ पाठकको लागि यो धेरै उपयोगी हुन सक्छ। शीर्षकले ५० प्रतिशत समाचार भन्छ त्यसैले पनि शीर्षक प्रधानता रहन्छ समाचारमा।

अचेल हरेक मिडियामा ब्रेकिङ समाचार दिने प्रतिस्‍पर्धा चलेको छ।  हतारोमा मूलकुरा त छुटदैन्? कि पत्रकारितामा ब्रेकिङ प्रधानता हो?

पत्रकारिताको स्वरुप परिवर्तन भएर हो। सञ्चार माध्यम प्रविधिमैत्री भएर पनि यस्तो भएको हुन सक्छ। अर्को कुरा कसले छिटो समाचार प्रकाशित गर्‍यो भनेर गफ गर्न पाइन्छ भनेर यस्तो भएको हो।

ब्रेकिङ पनि दिँदै गर्ने समाचारको सत्य र तथ्यसम्म पुग्ने पनि गर्ने हो भने ब्रेकिङ समस्या होइन। ब्रेकिङको नाममा गलत समाचार दिन थाल्यो भने चाहिँ त्यो ब्रेकिङको नाममा विकृत हुन थाल्छ। ढिलो समाचार दिने तर सत्यतथ्य दिने गर्नुपर्छ। ढिलो समाचार लेख्दा केही बिग्रन्न।

नेपालमा डिजिटल मिडियाको चुनौती कस्ता छन्?

सहज पनि उत्‍तिक्‍कै छ ।गाह्रो पनि उत्तिक्‍कै छ। मात्र पत्रकारिता क्षेत्रमा लागेकाले अध्ययन र धैर्य गरून् यसमा राम्रो सम्भावना छ। कुरा आउँछ समाचार कस्तो दिने भन्ने मात्र हो। पत्रकारिताको मुख्य आधार विश्वसनीयता हो यो अब कतिको देखाउन सक्छन् त्यसैले निर्धारण गर्ने हो।

समाचार लेखिनुपर्थ्यो र कस्तो समाचार लेखिएको छ?

पत्रकारले सदा पाठकलाई लक्षित गरेर समाचार लेखिनुपर्छ। पाठक पहिलो हो भनेर समाचार लेखिनुपर्छ तर यहाँ पाठकका वर्ग खोजिन्दा समस्या भएको छ। पत्रकारले अन्यतिर सेवा दिनुपर्छ भनेर जब सोच्छन् तब पत्रकारिता नगरे हुन्छ। पाठकलाई लक्षित गरेर समाचार लेख्छन् भने त्यो मात्र असल पत्रकार हो। जहाँ जानकार पाठक छन् त्यहाँको मात्र प्रजातन्त्र राम्रो हुन्छ। फेरि पत्रकारले खुसीको लागि समाचार लेख्ने गर्छन् भने त्यो पत्रकारिता जगतको लागि दुर्भाग्य हो। पत्रकारले सदा घटनाप्रधान समाचार लेख्‍नुपर्छ।

अचेल पत्रकारहरू राजनीतिक दलका प्रवक्‍ता जस्ता देखिन थालेका हुन्?

पत्रकार प्रवक्ता मात्र हैन हुलाकी जस्तो भएका छन्। हुलाकी हुनु त राम्रो तर सल्लाहकारसमेत भएका छन्। यो पत्रकारको लागि राम्रो होइन। बुझेर पनि बुझ पचाएका छन्। नेपालमा भएका अधिकांश पत्रकारले झुक्याइरहेका छन्। किन यस्तो गरिरहेका छन्। पत्रकारले अवसरका निम्ति बुझ पचाइरहेका छन्। अवसर प्राप्त गर्ने माध्यम भएको छ हिजोआज।

पत्रकारिता आलोचना र जयजयकार मात्र हो?

आलोचना र जयजयकार गर्ने होइन तर यहाँ घरिघरि त्यस्तो भएको जस्तो पनि हुन्छ। त्यसमा पत्रकार नै सजग हुनुपर्छ। तर, किन यस्तो भइरहेको छ यो अनौठो विषय बनेको छ।

पत्रकारको विभिन्न पार्टीको जस्तो संगठन छन्। यो जरुरी हो?

पत्रकारलाई जब आफ्नो सीपमा विश्वास हुन्न तब यस्तो प्रक्रिया सुरु हुन्छन्। सीपमा विश्वास नगर्दाको परिणाम हो यो संगठन। अवसरको निम्ति नजिक हुनलाई यस्तो गरिएको हुन सक्छ। पत्रकारले समाचार खोज्नै छोडेर अवसरको खोज्ने भएका छन् त्यसैले हरेक राजनीतिक दल सम्बद्ध पत्रकार संगठन छन्। पत्रकार भएपछि यथार्थ कुरा राखिदिए हुन्छ। कसैको पक्ष र विपक्ष लिन जरुरी छैन।

पत्रकारिता समाजको ऐना हो भन्छन् तर, यसले समाजका अनेका विकृति विसंगतिलाई ढाकेको छ भन्ने आरोप छ नि?

हरेक पेसामा विकृति छ। यो पनि कहाँ अछुतो रहन्छ किनभने यो त अझ समाजसँग प्रत्यक्ष जोडिएको पेसा हो। शब्दको आडम्बरीमा केही नौलो काम गरिन्छ भने त्यो पत्रकारिताको क्षेत्रमा ठूलो दाग लाग्छ। शब्दको जालमा पारेर काम गर्‍यो भने त्योभन्दा ठूलो अपराध केही हुन्न।

पत्रकारिता इतिहासको दस्तावेज हो। पत्रकारले इतिहासमा कस्ता घटना घटेका थिए त्यसलाई हुबहु उतारेर राखेका हुन्छन्। यसले समाजमा भएका घटना वस्तुलाई प्रष्ट सँग देखाउन सक्नुपर्छ। देखाउन सकिन्न भने त्यसलाई पत्रकारिता भनिँदैन।

समग्रमा भन्ने हो भने यसले विश्वनीयता गुमाइरहेको हो?

हो गुमाएको छ। केही कारण छन्। पत्रकारभन्दा पाठक जान्ने भइसकेका छन्। सबै चलाखी गर्न थालिसकेका छन्। पत्रकार नै छैनन् यहाँ कोही पनि। विकासमा लेखिरहेका पत्रकारहरू गरिरहेकाहरु राजनीतिक बिटमा जान्छन्। त्यसमा जान किन जरुरी छ र। पत्रकार भनेको त विज्ञ पनि हो। पत्रकार भएर कोही काम गरिरहेका छैनन् त्यही भएर पनि होला।

पाठकहरूमा  यस पेसाप्रति किन बढी नकरात्मकताको भावना आइरहेको छ?

सत्य समाचार र यथार्थ कुरा बाहिर आउँदा नकरात्मकता आउँछ भने त्यो पाठकको बुझाइमा निर्भर रहन्छ। समाचार कसरी लेखिएको र त्यसले के दिन खोजेको छ भनेर पत्रकारले पाठकलाई बुझाउन सक्नुपर्छ। बुझाउन नसक्दा मात्र अलमल्लमा पर्छन् र फरक दृष्टिकोण बन्छ। सबैभन्दा बढी जिम्मेवार पत्रकारको हुन्छ समाचारमा उसको प्रस्तुति कस्तो छ भनेर पाठकले त्यसलाई अध्ययन गर्ने हुन्।

पत्रकारिता नकरात्मक हुँदा यसको जिम्मेवार को हो?

सही सूचना दिने हो भने यसमा कुनै पनि पत्रकार जिम्मेवार हुनुपर्दैन। जब गलत दिइन्छ भने त्यसमा चाहिँ पत्रकार आफैँ जिम्मेवार हुनुपर्छ। पत्रकारले भएका घटनाको जानकारी दिने हुन्। घटना घटाउने होइनन्। त्यसैले यसमा सही र तथ्यगत सूचना दिन पत्रकार सदा जिम्मेवार हुनुपर्छ।

धेरै संस्थामा काम गरिसक्नु भएको छ। सञ्चारगृहमा सम्पादकीय स्वतन्त्रताको अवस्था कस्तो छ?

मेरो अनुभवमा त्यस्तो भेटेको छैन। सम्पादकीयको लागि प्रकाशन गृहबाट त्यस्तो भए जस्तो लाग्दैन। किनभने समाचारका मुद्दा पत्रकारलाई थाहा हुन्छन्। समाचारका विषयहरू सबै समाचार कक्षहरूले नै निर्णय गर्छन् त्यसैले समस्या छैन।

अहिले नेपाली पत्रकारिता जगत् बढी नै आक्रोशित भएको हो? कसैले केही बोल्यो कि सम्पादकीय छापिहाल्नुपर्ने वा लेख लेखिहाल्नुपर्ने। जरुरी हो?

तर्कसंगत राख्‍न पाइन्‍छ। यो स्वाभाविक पनि हो। तर्कभन्दा बढी भावना भयो भने त्यसलाई राम्रो मानिन्न। तार्किक हुनुपर्छ बकम्फुसे गफ चाहिँ हुनुहुन्न।

तपाईंले गरेको पत्रकारिताको सुरुवाती चरणको  समय र अहिले कस्तो परिवर्तन पाउनु भएको छ?

धेरै परिवर्तन छ। त्यो बेला समाचार खोजेर पढ्दैनथे। अब अहिले समाचार पढ्न र सुन्न रहर गर्छन्। समाचार पढिएन भने अहिले पछि पर्‍यो कि भनेर सोचिरहेका छन्। पहिले त्यस्तो थिएन अहिले त प्रविधिमैत्री भएर पनि होला सायद।

पहिलेको रिपोर्टिङ र अहिलेको रिपोर्टिङमा केही फरक?

पहिले समाचार पाउने व्यक्तिलाई भेटेर अवलोकन समाचार लेख्थ्यौँ भने अहिले भने फोनबाट समाचार लेखिन थाल्यो। अहिलेका पत्रकारको लागि सहज भयो तर यस्तोबेलामा लेखिनुपर्ने कुरा छुट्न पनि सक्छ। समयका विशेषता होलान् तर पत्रकारले लेख्‍नुपर्ने कुरा छुटाउनु हुँदैन।

पत्रकारितामा औपचारिक शिक्षा र तालिमले के फरक पार्छ?

सामान्यतया पत्रकारिता गर्नको लागि अन्य विधाका विद्यार्थीले पनि गर्न सक्छन्। तर, विषय प्रस्तुतिमा विज्ञता कति छ भन्ने मात्र हो। औपचारिक शिक्षाले गहिराइमा पुग्न सक्छ भने तालिमले मानिसलाई दक्ष बनाउन सहयोग गराउँछ।

पत्रकार बढी आलोचित हुनुमा शिक्षा, व्यवस्थापन वा स्वयं को बढी जिम्मेवार छन्?

हिजो आजका पत्रकारले कुनै त्रास र आस विना  समाचार लेखिरहेका छन्। विगतमा पनि नभएका होइनन, हुन्थे। तर, सदा तथ्यमा आधारित भएर समाचार लेखिएका थिए। अहिले त हरेक क्षेत्र र पेसामा गाली र ताली सामान्य भइसक्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.