|

काठमाडौं : सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ। गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन्।

गीतकार राजेन्द्र थापा, संगीतकार राजनराज शिवाकोटी रहेको गीतको भिडियोलाई राजधानीमा आयोजित कार्यक्रममा देखाइएको थियो। मदन र सरानासँगै हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाइएको थियो।

भिडियोमा मदन र सरानासँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ। भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाकन गरेका हुन्। सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.