|

सल्यान : उपचारमा सम्पूर्ण सम्पत्ति सकिएपछि जिल्लाको एक परिवार त्रिपालमुनी बस्न बाध्य भएका छन्। जिल्लाको बागचौर नगरपालिका २ चिल्ढालेका लाली डाँगीको परिवार भएजतिको सम्पत्ति उपचारमा सकिएपछि पालमुनी बस्न बाध्य भएका हुन्।

भएको सबै सम्पत्ति उपचारका क्रममा सकिएपछि अहिले दुई सन्तानसँगै त्रिपाल टाँगेर बस्न बाध्य भएको पीडित लाली डाँगीले बताइन्। '१० वर्षअघि खरको घर थियो' उनले भनिन्, ‘पतिको उपचारको लागि सबै त्यागेर भारत गयौँ, उपचारमा पैसा नपुगेर उहाँको मृत्यु पनि भयो। अहिले यहाँ आएपछि घर पनि भत्किएछ। पैसा पनि छैन त्यसैले त्रिपालमुनी बस्न बाध्य छौँ।’

आर्थिक अवस्था कमजोर भएका पीडित परिवारलाइ स्थानीयले कही मात्रामा आर्थिक सहयोग गरेका छन्। गाउँलेले श्रमदान र सहयोग उठाएर उनको घरसमेत बनाइदिने बताएका छन्। जिल्लाको सल्यान बागचौर नगरपालिका-२ चिल्ढाले निवासी भीमबहादुर डाँगीको उपचारका क्रममा आर्थिक अभावका कारण ज्यान गएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.