|

डडेल्धुराः डडेल्धुराका स्थानीय दाउराको जोहो गर्न जुटेका छन्। वन उपभोक्ता समितिको समन्वयमार्फत स्थानीयका लागि जंगलका दाउरा फुकुवा गरिएपछि स्थानीय दाउराको जोहो गर्न जुटेका हुन्। 

यो समयमा जंगलमा पुगेर सुकेका यहाँका स्थानीयलाई दाउरा संकलन गर्न भ्याइ-नभ्याइ छ। वर्षायाममा यहाँका किसान कृषि र अन्य व्यवसायमा व्यस्त हुने र जाडो मौसमको फुर्सदिलो समयमा उनीहरूले दैनिक प्रयोग हुने दाउराको जोरजाम गर्ने गर्छन्। हिउँदको समयमा डडेल्धुरामा भारी हिमपात हुन्छ।

हिउँ पर्ने र चिसो सिरेटो चल्ने मौसम भए पनि यहाँका किसानले यसको परवाह नगरी दाउराको जोहो गर्छन्। वन-पाखामा दाउरा संकलन गर्नेहरूको भीडले रौनक थपेको छ। चिसो मौसममा आगो ताप्ने र वस्तुभाउका लागि कुँडो पकाउने कामबाहेक अन्य प्रयोजनमा दाउराको प्रयोग कम हुँदै गएको छ। 

गाउँघरमा बर्खाको लागि हिउँदमै व्यवस्थित रुपमा जंगलबाट दाउरा ल्याएर राख्ने गरिन्छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.