|

गोरखा : जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीद लखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई शुक्रबार साँझ गोरखा नगरपालिका १० बिरिन्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए।

४८ वर्षीय पन्त विप्लव नेतृत्व माओवादीका किसान संगठनका पूर्वप्रमुख र ६७ वर्षीय रिजाल पूर्वजिल्ला जनपरिषद प्रमुख हुन्। गोरखा प्रहरीले उनीहरूलाई दुवैलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.