|

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणका खेलहरू सकिएका छन्।

लिगअन्तर्गत शनिबार दुई खेल भएका थिए। दशरग रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब न्यूरोड टीम एनआरटीसँग बराबरी खेलेको छ। शीर्ष स्थानको मनाङले बराबरीसँगै तीन अंकले लिग लिड गर्ने अवसर गुमायो। खेला गोलरहीत बराबरीमा टुंगिएको हो।

एनआरटी १० खेलाडीमा सीमित रहे पनि आर्मीले गोल गर्न सकेन्। खेलको १६ औँ मिनेटमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले डिबक्सको बाहिरबाट प्रहार गरेपनि एनारटीका गोल किपरले बचाउन गरेका थिए। आर्मीका सन्तोष तामाङले फ्रिकिकमार्फत गोलको प्रयास गरेका थिए। तर सफल भएन्।

एनआरटीले पनि गोलका लागि पाएको अवसर सदुपयोग गर्न सकेन्। खेलको इन्जरी समयमा जुनियर निकनगुएले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित रहेको थियो। खेलमा एनआरटीका अजित प्रजापति म्यान अफ दि म्याच भएका छन्। आजको बराबरीसँगै आर्मीले १७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेका मछिन्द्र क्लबको १६ अंक छ। एनआरटी १२ अंकसहित पाँचौ स्थानमा रहेको छ।

शनिबार भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामै भएको खेलमा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले खेलको ६४ औं मिनेटमा गोल गरे। उनले सुवास गुरुको कर्नरमा हेड गोल गरेका थिए।

खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए। जितसँगै संकटा १२ अंक जोड्दै तालिकाको सातौ स्थानमा उक्लिएको छ। फ्रेन्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.