|

हेटौँडा : हेटौँडा एकेडेमीको प्रायोजनमा हेटौँडाको लोकतान्त्रिक हुप्रचौरमा सम्पन्न भएको छैठौं स्व. माधवराज सुमार्गी टि-ट्वान्टी क्रिकेट कपअन्तर्गत यस वर्षको विजेता कलैया क्रिकेट क्लब भएको छ। प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा कलैयाले वीरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको कलैयाले वीरगन्जलाई १५४ रनको विजय लक्ष्य दिएको थियो।  तर, वीरगन्ज १२८ रनमै अलआउट हुन पुगेको थियो। खेलको म्यान अफ द म्याच कलैयाका रवि शाह भएका छन। प्रतियोगिताको उत्कृष्ट  व्याट्सम्यान चितवन क्रिकेट क्लबका साकार ढकाल भएका छन।

त्यस्तै, उत्कृष्ट बलर वीरगन्ज युनाइटेडका सैदुल्ला अन्सारी भएका छन भने म्यान अफ द सिरिज कलैयाका कुमार थापा भएका छन। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा  विशिष्ट अतिथि हेटौँडा एकेडमीका विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको रहेको थियो। प्रतियोगिताको विजेता कलैयाले नगद ४० हजार  तथा शिल्ड र मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन्। 

यस्तै, उपविजेता विरगन्ज युनाइटेड टिमले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.