|

काठमाडौं : आगामी १४ मार्चबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा वेस्टइंन्डिजका स्टार ब्याट्सम्यान ड्वेन स्मिथले पनि प्रतिष्पर्धा गर्ने पक्का भएको छ।

एभरेस्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्लाडिएटर्सबाट ३६ वर्षीय स्मिथ आइकोनिक खेलाडीका रुपमा टिममा रहने छन्। टी–२० मा विस्फोटक ब्याट्सम्यानका रुपमा रहेका स्मिथ पार्टटाइम बलिङसमेत गर्दे आएका छन्।

स्मिथले विश्वका चर्चित फ्रेन्चाइज क्रिकेटमा आफ्नो धमाकेदार उपस्थीती देखाइसकेका छन्। आक्रामक सट खेल्ने दायाँ हाते ब्याट्सम्यान स्मिथले आफ्नो करिअरको सुरुवात बार्बाडोसबाट गरेका थिए। उनले विश्व चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र डेकेन चार्जसबाट प्रतिष्पर्धा गरेका थिए।

स्मिथले पनि नेपालमा हुन लागेको टी-२० क्रिकेटको ठूलो स्पोर्टिङ इभेन्टमा सहभागिता जनाउन पाउनु खुसीको कुरा भएको बताए। उनले भने ‘म नेपाल आउँदै छु। तपाईंहरू मेरो टिम भैरहवालाई सपोर्ट गर्न मैदानमा आउनुहुन आग्रह गर्दछु।’

उनको आगमन निश्चित भएको टिमका कप्तान सरद भेषवाकरले बताएका छन्। उनले ठूला स्टार आफ्नो कप्तानीमा मैदान उत्रन पाउँदा समग्र क्रिकेटरहरूका लागि सिक्ने ठूलो अवसर हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.