|

काठमाडौं : चीनको वुहानमा पीएचडी अध्ययनरत एकजना नेपाली गत पुस २० मा घर आएका थिए। ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए।

उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको आशंका गरियो। आइसोलेसन वार्डमा राखेर उनको उपचार गरियो। त्यसपछि रगत र र्‍यालको नमुना परीक्षणका लागि हङ्गकङ्गस्थित विश्व स्वास्थ्य संगठनको कोलाबरेटिङ सेन्टरमा पठाइयो। नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।

पुष्टि भएको रिपोर्ट शुक्रबार आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए। भाइरस संक्रमित आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेला किन घर पठाइयो भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ।

डिस्चार्जपछि उनी कहाँ–कहाँ घुमे, को–कोसँग सम्पर्कमा आए, के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गर्‍यो जस्ता प्रश्न पनि आम मानिसमा उठेका छन्। कतिपयले ती विद्यार्थीलाई उच्च निगरानीमा राखिरहन नसक्नुलाई सम्बन्धित अस्पतालको लापरबाही भनेका छन्, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.