|

उदयपुर : उदयपुरको त्रिवेणी मेलामा प्रमुख आकर्षणका रूपमा बोटिङ देखिएको छ। उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा माघ १ गतेदेखि १५ दिनसम्म सुरु भएको मेलामा जल सयरको समेत सुविधा थपिएको छ।

उदयपुर-२ ख का प्रदेश सांसद कला घलेले भनिन्, 'मेला अत्यन्तै रमाइलो छ। त्यसमा पनि बोटिङको मजा लिनु छुट्टै आनन्द छ।' उनले यो नै मेलाको मुख्य आकर्षण रहेको पनि बताइन्। तावा खोलाको पानीलाई कृत्रिम पोखरी बनाएर बोटिङ सञ्‍चालन गरिएको स्थानीय श्याम तामाङले जानकारी दिए।

र्‍याफ्टिङ स्टार भोटेकोशी र वाइडर पोखराको कम्पनीले त्रिवेणी मेलामा बोटिङ सञ्‍चालन गरेको हो। 'हामीले बोटिङ गर्न हजारौँ तिरेर बाहिर जानुपर्छ' मेलामा आएका उमेश केसी भन्छन्, 'अहिले हाम्रो मेलामै बोटिङको मजा लिन पाइएको छ।'  

सबैभन्दा बढी

त्रिवेणी मेलाको १२औं दिन आज सबैभन्दा बढी मानिसहरूको भिडभाड रहेको स्थानीय बताउँछन्। त्रिवेणी मेला कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले ‘मैनी मेला’ लाई त्रिवेणी मेलाको भन्ने गरिएको कटारीका नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए।

तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको परेवा, पाठोको बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्छ, भन्ने जनविश्‍वास रहेकोले पनि मेलामा भिडभाड बढेको  व्यवस्थापन समितिका अध्यक्ष केशव धमलाले बताए।

तीन नदीको संगमस्थल त्रिवेणीमा मेलाको अवलोकन गर्न, घुम्न, मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीययुवा जीवनाथ दाहालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.